२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दशैंमा दशा : काठमाडौंको सुन्ताखानमा स्कूटर दुर्घटनामा एकको मृत्यु, एक घाइते



२६ असोज । दशैंको महाष्टमीको दिन काठमाडौंको सुन्ताखानमा स्कूटर दुर्घटनापछि एक युवकको मृत्यु भएको छ भने एक घाइते छन् ।
प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका ३ सुन्ताखान भण्डारी चोक नजिकै सडकमा प्र.३–०२–०१४ प ५९३८ नम्बरको स्कुटर गए राति दुर्घटना भएको थियो ।

दुर्घटनाका क्रममा स्कुटरमा सवार सिन्धुपाल्चोक सुकुटे घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय हरि कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचारको भइरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ८ : २४ बजे