२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भदौमा मूल्यबृद्धिमा चार प्रतिशतले कमी



थोक मुद्रास्फीति क्रमशः १ दशमलव ३९ प्रतिशत ३ दशमलव ५६ प्रतिशत २ दशमलव ७७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४ दशमलव २२ प्रतिशतले घटेको छ

काठमाडौँ
२९ असोज । भदौमा मूल्यबृद्धिमा चार प्रतिशतले कमी आएको छ ।
चालु आर्थिक वर्षको भदौमा मूल्यबृद्धि ३ दशमलव ८५ प्रतिशत कायम भएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको तथ्याङ्कअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८ दशमलव १९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमवलव ०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव १९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमश ९ दशमलव ७७ प्रतिशत ७ दशमलव १९ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ८० प्रतिगत, तरकारीको ९ दशमलव ८४ प्रतिशत, खाद्य पदार्थको ९ दशमलव ३० प्रतिशत र फलफूलको ४ दशमलव ९४ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २ दशमलव ६९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी गैर–खाय तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८ दशमलव ७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६ दशमलव ७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६ दशमलव ०८ प्रतिशत र घरायसी उपकरणको ४ दशमलव ८८ प्रतिशतले बढेको छ भने बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मून्य सूचकाङ्क ४ दशमलव ०४ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३ दशमलव ७८ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ६६ प्रतिशत, मधेश प्रदेशको ३ दशमलव ८२ प्रतिशत, बागमती प्रदेशको ३ दशमलव २९ प्रतिशत, गण्डकी प्रदेशको ३ दशमलव ५० प्रतिशत, लुम्बिनी प्रदेशको ३ दशलव ५३ प्रतिशत, कर्णाली प्रदेशको ३ दशमलव ५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५ दशमलव ९० प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

समीक्षा महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत, तराईको ४ दशमलव ०९ प्रतिशत, पहाडको ३ दशमलव ६१ प्रतिशत र हिमालको ४ दशमलव १९ प्रतिशत रहेको छ । गत वर्षको भदौमा उक्त क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ९ दशमलव ८३ प्रतिशत, ७ लशमलव ०३ प्रतिशत, ८ दशमलव ०९ प्रतिशत र ११ दशमलव ३२ प्रतिशत रहेको थियो ।

यस वर्षको भदौमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २ दशमलव ७५ प्रतिशत रहेको छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव ७८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः १ दशमलव ३९ प्रतिशत ३ दशमलव ५६ प्रतिशत २ दशमलव ७७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४ दशमलव २२ प्रतिशतले घटेको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ९ : ५२ बजे