३० असोज । गौशालास्थित धर्मशालामा रहेको अनधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरपालिकाको टोलीको दुई वटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार, पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको सम्झौता अनुसार धर्मशाला खाली गराउन नगर प्रहरीको टोली बुधबार दिउँसो गौशाला पुगेको थियो ।
त्यसक्रममा नेपाल प्रहरीको टोली पहिल्यैदेखि घेरा हालेर बसेको थियो भने अनाधिकृत संरचना हटाउन खोज्दा प्रहरीले महानगरको दुई वटा डोजर नै नियन्त्रणमा लिएको उनले बताए ।
प्रतिक्रिया