१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘गुन्युचोलो’ अमेरिकाको तस्बिर चलचित्र मार्केटमा छनोट



जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियोजस्ता प्रतिष्ठित चलचित्र संस्था पनि सहभागी हुनेछन्

काठमाडौँ
१ कात्तिक । नेपाली चलचित्र ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ ।

लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा बनेको समुद्र भट्टले निर्देशन गरेको चलचित्र अक्टोबर १७ देखि २० सम्म अमेरिकाको सियाटलमा आयोजना हुने तस्बिर फिल्म मार्केटका लागि छनोट भएको हो ।
जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियोजस्ता प्रतिष्ठित चलचित्र संस्था पनि सहभागी हुनेछन् ।

तस्बिर चलचित्र फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले यस फेस्टिभललाई अस्कर योग्य दक्षिण एसियाली चलचित्र फेस्टिभलको रूपमा विकास गरिने बताएका छन् ।

फिल्म ‘गुन्युचोलो’मा नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्रमा उनले पारालैङ्गिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । चलचित्रमा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
नेपालको पहिलो पूर्ण ‘ट्रान्सस्टोरी’मा निर्मित यस चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ९ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।