२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


विग मुभिजमा चलचित्र हेर्न नपाएपछि दर्शकले गरे नारावाजी



पार्किङ र टिकटको पैसा हलले फिर्ता दिएपछि चलचित्र नहेरी हामी फर्कियौं

ललितखबर
१ कार्तिक । राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरमा सञ्चालित विग मुभिजमा चलचित्र हेर्न नपाएपछि दर्शकले नारावाजी गरेका छन् ।
विहान ८ बजेको शो चलिरहेको बेला पटक पटक चलचित्र अड्किएपछि हलका कर्मचारीले वेवास्ता गरेको भन्दै चलचित्र हेर्न पुगेका दर्शक आक्रोसित बनेका हुन् । चलचित्र हेरिरहेका दर्शकले चलचित्र रोकेर प्राविधि समस्या समाधान गर्न पटक पटक आग्रह गर्दा हल व्यवस्थापनले हेलचेक्राई गरेको एक सहभागीले बताए ।

चलचित्र हलमा दर्शकले व्यवस्थापनप्रति आक्रोस पोख्दै जिन्दावाद र मुर्दावाद भन्दै नारा लगाइरहेको सुनिन्थ्यो ।
हलमा ‘छक्का पञ्जा ५’ चलिरहेको अवस्थामा पटक पटक रोकिएको थियो ।

चलचित्र हेर्न छोडेर दर्शक बाहिर आएर नाराबाजी गरेपछि व्यवस्थापनले पैसा फिर्ता दिएर पठाएको हो । चलचित्र हेर्न पुगेका एक सहभागीले नाम नबताउने शर्तमा भने, ‘पार्किङ र टिकटको पैसा हलले फिर्ता दिएपछि चलचित्र नहेरी हामी फर्कियौं ।’
हलमा कार्यरत एक कर्मचारीले प्राविधिक समस्या आएपछि पैसा फिर्ता दिइएको बताए ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ३ : १९ बजे