१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘एक्टर’का निर्माण टोलीका सदस्यहरू विरामी, चलचित्र प्रर्दशन कार्तिकबाट माघमा



कार्तिक १५ मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि निर्माण पक्षले सो मिति स्थगित गरेर माघ १६, २०८१ बुधवारका दिन प्रदर्शन हुने बताइएको छ

१ कात्तिक । निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको भन्दै चलचित्र ‘एक्टरः टेक वन’ को प्रदर्शन कार्तिकबाट माघमा सारिएको छ । पूर्व निर्धारित मिति कार्तिक १५ मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि निर्माण पक्षले सो मिति स्थगित गरेर माघ १६, २०८१ बुधवारका दिन प्रदर्शन हुने बताइएको छ।
निर्माण पक्षले केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको जनाएको छ । चलचित्रको उत्कृष्टता र दर्शकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै यी समस्याहरू समाधान गर्दै अझै परिष्कृत रूपमा दर्शकमाझ चलचित्र पु¥याउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको बताइएको छ।
निर्माण पक्षले यो निर्णयले वितरक, चलचित्र प्रेमी दर्शकहरू, र अन्य सरोकारवालाहरूमाझ असुविधा पुगेकोमा क्षमा माग्दै नेपाली चलचित्रलाई निरन्तर माया गर्ने दर्शकहरूलाई समर्थन र धैर्यता देखाउन आग्रह गरेको छ।
‘एक्टरः टेक वन’ लाई थप उत्कृष्ट रूपमा निर्माण गर्न आवश्यक समय लाग्ने जानकारी गराउँद दर्शकहरूको माया र समर्थनको कदर गरेको निर्माण टिमको भनार्ई छ ।
चलचित्र निर्माता थमन कुमार भण्डारी (अदृत फिल्मस्) र मोती कार्की (मोती फिल्मस्) ले जय ‘एक्टरः टेक वन’ र जय नेपाली सिनेमा भन्दै चलचित्र प्रेमी दर्शकहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।