२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा दशैंको अवधिमा ७५५ जना मापसे कारबाहीमा



२ कात्तिक । दशैंको फूलपातीदेखि पूर्णिमासम्ममा ७५५ जना ट्राफिक प्रहरीको मापसे कारबाहीमा परेका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार यो अवधिमा ६६० जना सवारी चालक तीव्र गतिमा सवारी चलाएको आरोपमा कारबाहीमा पक्राउ परेका छन् ।

दशैंको अवधिमा १७७ जना लेन अनुशासन, ४५० जना रेड लाइटमा सवारी चलाउँदा कारबाहीमा परेका छन् । अनावश्यक हर्न बजाएको आरोपमा १८० जना, जथाभाबी पार्किङ गरेको आरोपमा ५२३, बढी भाडा लिएको आरोपमा १३ जना कारबाहीमा परेका छन् ।

क्षमताभन्दा बढी यात्रु र मालसामान बोकेको आरोपमा ११६, आरक्षण सिटमा अरूलाई राख्दा १ जना, सीसी टिभी हेरेर ६७२, नम्बर प्लेट स्पष्ट नराख्दा १२ र अनलाइनमार्फत परेका उजुरीका आधारमा ६३ जना कारबाहीमा परेका छन् ।

उनीहरूलाई यातायात व्यवस्था ऐनअनुसार जरिवाना र सचेतना कक्षा ट्राफिक प्रहरीले लिनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  २ : ४६ बजे