३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सातदोबाटोमा गुडिरहेको बसमा आगलागी(तस्विरहरु)



 

३ कात्तिक । ललितपुर सातदोबाटोमा एउटा बसमा आगलागी भएको छ।

ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा शनिवार अपराह्न ५ बजेको समयमा बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो।

ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले विद्युत सर्ट भई आगलागी भएको जानकारी दिएका छन्। ललितपुर महानगरपालिकाबाट आएको दुईवटा दमकलको सहयोगमाआगो निभाइएको छ। बस जलेर पूर्णरुपमा नष्ट भएको छ।

 

 

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ६ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।