६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


गठ्ठाघर दुर्घटनाको क्रममा हातपात गरेपछि ट्राफिकले छोड्यो सवारी चेकजाँच



तीव्र गतिमा सवारी चलाउने चालकलाई क्यामेरामार्फत हेरेर कारबाही गरिन्थ्यो । जब गठ्ठाघरमा दुर्घटना घट्यो । ट्रकले स्कुटर चालकलाई मार्यो । तबदेखि यहाँका ट्राफिक प्रहरीले सवारीको अनुगमन गरेको पाइदैँन

रुषा थापा
बिहान, दिउँसो, बेलुका कुनै पनि समयमा काठमाडौं उपत्यकाभित्र ट्राफिक प्रहरीले सवारी साधन चेकजाँच गरिरहेको देखिदैँन । मापसे, लापसे गरेर सवारी चलाएपनि ट्राफिकलाई मतलब छैन । सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउँदा समेत कारबाही हुदैँन । किनकि ट्राफिक सवारी चेकजाँच नै गर्दैन ।
अहिले बाटोमा खुलेआम रुपमा २० वर्ष कटेका सार्वजनिक यातायात गुडिरहेका छन् । गुन्द्रक खाँदेझैं सहचालक, चालकहरु यात्रु कोच्छन् । तैपनि, ट्राफिक देख्दैँन । जनताले तिरेको करबाट करोडौं खर्चिएर ट्राफिक प्रहरीलाई सवारीको गति अनुगमनका लागि क्यामेरा समेत किनिदिएको छ ।

गत साउन ३१ गतेअघि भक्तपुरमा नियमितजसो ट्राफिक प्रहरीले गाडीको गति चेकजाँच गरेको पाइन्थ्यो । तीव्र गतिमा सवारी चलाउने चालकलाई क्यामेरामार्फत हेरेर कारबाही गरिन्थ्यो । जब गठ्ठाघरमा दुर्घटना घट्यो । ट्रकले स्कुटर चालकलाई मार्यो । तबदेखि यहाँका ट्राफिक प्रहरीले सवारीको अनुगमन गरेको पाइदैँन ।
अधिकांश सवारी दुर्घटनाको मुख्य कारण नै तीव्र गति हो । यसलाई ट्राफिक प्रहरीले समेत स्वीकार्दै आएको छ । चालकले तीव्र गतिमा सवारी चलाउँदा ऊसँगै अन्य व्यक्तिको पनि ज्यान जाने गरेको छ । सवारी साधन दुर्घटनाका कारण दैनिक दुई दर्जन बढीको मृत्यु भएको प्रहरीकै तथ्यांक छ ।
चालकको लापरबाही वा तीव्र गतिका कारण दुर्घटना बढिरहँदा ट्राफिक प्रहरीले भने सवारी साधनको चेकिङ्ग नै गर्न छोडिदिएको छ । ट्राफिकले न त गाडीको कागजपत्र चेकजाँच गरेको पाइन्छ न त सवारीको गति । जसका कारण सवारी दुर्घटना त बढेको छ नै सँगै राज्यको ढुकुटीमा आउनुपर्ने राजस्व समेत गुमेको छ ।

 

दुर्घटना बढ्दा व्यवसायीहरु थोत्रा, पुराना गाडी चलाएर खुलेआम सर्वसाधारण ठग्दै

बाटोमा हिँड्दा ट्याक्सी र यात्रुबीच भाडाको विषयमा लिएर घण्टौसम्म मोलमोलाई भएको देखिन्छ । हुन त ट्याक्सी चालकहरु मिटरमा यात्रु बोक्दैनन् । सरकारले ट्याक्सीको भाडादर चढ्नासाथ शुरुमा ५० रुपैयाँ र प्रत्येक किलोमिटर ५० रुपैयाँका दरले तोकेको छ । तर, ट्याक्सी चालकहरु तोकिएको भाडामा यात्रु बोक्दैनन् ।
एक किलोमिटरमै यात्रुसँग पाँच सय रुपैयाँ माग्छन् । यता, लोकल गाडीको भाडा एक किलोमिटरबाट पाँच किलोमिटरसम्म १९ रुपैयाँ तोकिएको छ । तर, चालक, सहचालकहरु गाडीमा खुट्टा हाल्नेबित्तिकै वा आधा किलोमिटर यात्रा गर्नासाथ २५ रुपैयाँ भाडा असुल्छन् । यदि सरकारले भाडा भागबण्ड गरिदिने हो भने आधा किलोमिटरमा दुई रुपैयाँ तिर्नुपर्छ ।
एता, लामो रुटको गाडीमा पनि यस्तै छ । सरकारले तीन सय रुपैयाँ भाडा तोकेको भएमा पाँच सयदेखि हजार रुपैयाँसम्म असुलिन्छ । त्यसमाथि पनि सुपर डिलक्सको नाममा ४० प्रतिशत बढी भाडा उठाइन्छ । जबकी गाडी भने १७–१८ वर्ष पुरानो हुन्छ । कानूनमा गाडी दर्ता भएको मितिले तीन वर्षसम्म मात्र सुपर डिलक्सको नाममा भाडा लिन पाइन्छ ।
यसमा पनि सरकारको मापदण्डभित्र परेका सुपर डिलक्स गाडीले मात्र यसरी बढी भाडा लिन पाउँछन् । तर, पछिल्लो समय त मापदण्डभित्र नपरेका साना गाडीले पनि सुपर डिलक्सको नाममा यात्रुसँग बढी भाडा लिएको पाइन्छ । यातायात व्यवसायीहरुले सरकारले तोकेकोभन्दा बढी भाडा लिई यात्रुसँग एक दिनमै १८ करोड रुपैयाँ ठग्छन् ।
यता, कानूनमा दर्ता भएको मितिले छ वर्ष पुगेपछि त्यस्ता गाडी रातको समयमा चलाउन पाइदैँन । यद्यपि, हामी कहाँ त दर्ता भएको मिति १६–१७ वर्ष पुगेका थोत्रा, पुराना र निकै जोखिमपूर्ण गाडी समेत रातको समयमा यात्रु बोकेर गुडिरहेको पाइन्छ ।

 

मागेजति भाडा नदिए त झन् अश्लील शब्दसँगै हातापातमै उत्रिन्छन् । अहिले उपत्यकामा भाडाका गाडीहरु धुँवाको मुस्लो फ्यालेर गुडिरहेको देखिन्छ

लोकल होस् या लामो रुटको गाडीमा विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगता, बालबालिकालाई भाडा छुट दिइदैँन । लामो रुटको गाडीमा नक्कली सिट राखेर यात्रुलाई राखिन्छ भने लोकल गाडीमा ढोकासम्म यात्रु झुण्डाइन्छ ।
यातायात क्षेत्रमा लामो समयदेखि सिण्डिकेट छ । हरियो÷कालो प्लेटको ट्याक्सी, फोस्टक ट्याम्पो, माइक्रो बस, ढुवानी गाडीको झण्डै चार दशकदेखि नयाँ दर्ता बन्द छ । सार्वजनिक यातायातमा सिण्डिकेट भएको फाइदा निजी प्लेटको सवारी साधनले उठाइरहेका छन् । चर्को भाडामा यात्रु बोकेर उनीहरुले सर्वसाधारणलाई त ठगेका छन् नै सँगै राज्यलाई समेत राजस्व छलिरहेका छन् ।
ट्याक्सीको रुट परमिट काठमाडौं उपत्यकाभित्र मात्र छ । चक्रपथबाहिर बाहिर जाँदैन । हतार हुँदा वा बिरामी परेको समयमा सार्वजनिक यातायात पाइदैँन । उपत्यकाभित्र त कतै जानु पर्दा घण्टौं गाडी कर्नुपर्ने बाध्यता छ भने बाहिरी जिल्लाको अवस्था के होला ? अहिले बाहिरी जिल्लामा मानिसहरु बिरामी हुँदा वा आपतविपत हुँदा निजी प्लेटको गाडी चढ्छन् ।
निजी प्लेटको सवारी साधनले यात्रुलाई नराम्ररी ठगेको छ । यात्रुको बाध्यताको फाइदा उठाएर एक किलोमिटरमै एक हजारदेखि दुई हजार रुपैयाँसम्म असुलेको पाइन्छ । तर, कसले के गर्ने ? सम्बन्धित निकाय अनुगमन गरी कारबाही गर्दैन त यात्रुको त्यस्ता गाडीमा चढ्नैपर्ने बाध्यता छ ।
उपत्यकाभित्रै पनि पर्याप्त ट्याक्सी छैन । उपत्यकामा करोडौंको हाराहारीमा जनसंख्या रहेको छ । तर, ट्याक्सीको संख्या जम्मा नौं हजार रहेको छ । उपत्यकाभित्रकै विभिन्न रुटमा बिहान ५ बजेअघि र बेलुका ५ बजेपछि सार्वजनिक यातायात पाइदैँन । पाइहाले पनि खुट्टा टेक्ने ठाउँ हुदैँन । गाडी नपाएपछि सर्वसाधारण ट्याक्सी चढ्न बाध्य हुने गरेका छन् ।

 

राति आएको रक्सीले कतिपयलाई नै छोडेकै हुदैँन । यात्रुले.राम्रो बोलीबचन गरेपनि सहचालक, चालक राम्रोसँग बोल्दैनन् । उनीहरु झर्किन्छन्

ट्याक्सी चालकहरु तोकिएको भाडादरमा यात्रु बोक्न मान्दैनन् । फेरि यात्रुसँग चालकले मागेजति पैसा पनि हुदैँनन् । त्यसैले, कतिपय अवस्थामा त पैसा नहुँदा आम नागरिक घण्टौं हिँडेरै कार्यालय वा घर आउजाउ गरेको पाइन्छ । राजधानीमा मात्र चल्ने नेपाल यातायात चावहिल–चक्रपथ–महाराजगञ्ज–बालुवाटार–नक्साल–नागपोखरी–पुतलीसडक–अनामनगर–बानेश्वर–तीनकुने हुदैँ कोटेश्वरबाट बालकुमारी जान्छ ।
यो रुटमा अधिकांश सरकारी कार्यालय पर्दछन् । संघीय संसद भवनदेखि राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, प्रहरी प्रधान कार्यालय, ट्राफिक महाशाखा, राष्ट्र बैंकलगायत महत्त्वपूर्ण सरकारी कार्यालयहरु यही रुटमा पर्छन् । फेरि यो रुटमा नेपाल यातायात मात्र चल्ने हुँदा यात्रुहरुलाई निकै कष्टकर हुदैँ आएको छ ।
नेपाल यातायातले ढोकामै यात्रु झुण्डाएर वा दाउरा मिलाएझैं यात्रु हालेका अुन्छन् । विडम्बना, यो कसैले देख्दैन ! राष्ट्रपतिदेखि प्रधानमन्त्री, गर्भनर, आईजीर्पी, सांसद कसैको पनि यसमा आँखा पर्दैन । अहिले उपत्यकाभित्र सञ्चालनमा रहेका सार्वजनिक यातायातमा चढ्दा कुनै फोहोरले बसिटिक्नु हुदैँन त कुनैको सिटले कपडा नै च्यातिन्छ ।
त्यसैले, गाडीको सिसा फुटेको हुन्छ । पानी पर्दा झयाल वा माथिबाट पानी खस्छ । गाडीको सिट महिलोले छोइनसक्नु हुन्छ । सहचालक, चालकहरु पनि फोहोरी हुन्छन् । राति आएको रक्सीले कतिपयलाई नै छोडेकै हुदैँन । यात्रुले.राम्रो बोलीबचन गरेपनि सहचालक, चालक राम्रोसँग बोल्दैनन् । उनीहरु झर्किन्छन् ।

 

गत साउनअघि प्रदूषण पास भएबापत प्रत्येक गाडीले चार सय रुपैयँँ राजस्व तिर्नुपथ्र्यो । तर, यातायात व्यवसायीको दबाब वा चलखेलमा अहिले ३५ रुपैयाँमा झारिएको छ

मागेजति भाडा नदिए त झन् अश्लील शब्दसँगै हातापातमै उत्रिन्छन् । अहिले उपत्यकामा भाडाका गाडीहरु धुँवाको मुस्लो फ्यालेर गुडिरहेको देखिन्छ । यस्तो धुँवाका कारण वातावरण प्रदूषण त भएकै छ सँगै सर्वसाधारणको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको छ । फेरि कालो धुँवाको मुस्लो फ्यालेर गुडिरहेका गाडीको अगाडि सिसामा प्रदूषण पास भएको हरियो स्टिकर देखिन्छ ।
यातायात व्यवसायीहरु दलाली, लेखनदासलाई तीन हजार रुपैयाँ घुस दिएर गाडी नै नलगी प्रदूषण पास भएको हरियो स्टिकर ल्याउँछन् । गत साउनअघि प्रदूषण पास भएबापत प्रत्येक गाडीले चार सय रुपैयँँ राजस्व तिर्नुपथ्र्यो । तर, यातायात व्यवसायीको दबाब वा चलखेलमा अहिले ३५ रुपैयाँमा झारिएको छ ।
यसरी यातायात व्यवसायीहरुले बुझाउने तीन हजारमा ३५ रुपैयाँ राजस्वको ढुकुटीमा जान्छ भने बाँकी रकम दलाली, लेखनदासको गोजीमा हालिन्छ । जाँचपासमा पनि यस्तै गरिन्छ । गाडी नलगी बिलबुक लिएर गइन्छ । अनि तीन हजार रुपैयाँ दिएपछि जाँचपास भएर आउँछ । जबकी गाडी चाँहि बाटोमा धुँवाको मुस्लो फ्यालेर वा बिग्रिएपछि चलाइरहेको हुन्छ ।
जाँचपासबापत राज्यको ढुकुटीमा चार सय रुपैयाँ राजस्व जान्छ । अनि बाँकी रहेको दलाली, बिचौलिया पचाउँछन् । दुई वर्षअघि भाडाका गाडीको वर्षमा तीन चोटी रुट परमिट नवीकरण गर्नुपथ्र्यो । एक पटक गर्दा पाँच सय र तोकिएको समयमा नवीकरण नगरेमा दोब्बर जरिवाना तिर्नुपथ्र्यो । तर, अहिले सरकारले वर्षमा दुई चोटी मात्र रुट परमिट नवीकरण गर्नुपर्ने व्यवस्था गरिदिएको छ ।
अर्कोतर्फ जरिवाना पनि हटाइएको छ । यसले गर्दा राज्यको ढुकुटीमा आउने करोडौं राजस्व गुमेको छ । हुन त सरकारले यातायात व्यवसायीसँग लिनुपर्ने ३२ वटा विषयवस्तुमा विगत ३६ वर्षदेखि राजस्व बढेको छैन । यो अवधिमा भाडाका गाडीको कयौं पटक भाडा बढ्यो तर व्यवसायीले तिर्नुपर्ने राजस्व बढेन । सरकार पनि व्यवसायीसँग चाँहि राजस्व असुल्न सक्दैन, सर्वसाधारणले तिर्नुपर्ने भाडा भने बढाएको बढ्यै गर्छ ।
भक्तपुर

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ९ : ३१ बजे