६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपालद्वारा माल्दिभ्सको पोष्टमा झण्डै एक दर्जन गोल



५ कार्तिक । महिला साफ च्याम्पियनसिपअन्तर्गत सोमबार दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीच भएको खेलमा नेपाली फुटवल टोलीले माल्दिभ्सको पोष्टमा गोलको बर्षा गरेका छन् ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेलले ५ गोल र प्रिती राईले ३ गोल गरिन्। यस्तै सविता राना मगर, अमिसा कार्की र अनिता केसीले एक–एक गोल गरे।
रेखाले खेलको ३१, ४१, ४७, ६३ र ७८औं मिनेटमा गोल गरिन् भने प्रितीले ५, ६५ र ८७औं मिनेटमा गोल गरिन्। त्यस्तै सविताले खेलको २८औं, अनिताले ६८औं र अमिसाले ८८औं मिनेटमा गोल गरे।
यो जीतसँगै नेपालले ४ अंक जोडेको छ। यसअघि भुटानसँगको खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको थियो।

 

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ८ : १७ बजे