६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकार सुलेमान शंकर (इकु) रिहा



गैर कलाकारलाई कलाकार बनाएर अष्ट्रेलिया, क्यानडालगायत देशहरुमा लैजाने भन्दै ठगीको आरोपमा पक्राउ परेका थिए

५ कार्तिक । कलाकार सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर रिहा भएका छन् ।
कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा उनी केही दिनअघि बुढानीलकण्ठबाट पक्राउ परेका थिए ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी मेलिस बासकोटाका अनुसार कलाकार सुलेमानलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
उनले विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा गैर कलाकारलाई कलाकार बनाएर अष्ट्रेलिया, क्यानडालगायत देशहरुमा लैजाने भन्दै ठगीको आरोपमा पक्राउ परेका थिए ।

 

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ८ : २९ बजे