६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


भारतबाट दूग्धजन्य पर्दाथ आयातपछि डेरी व्यावसायी रुष्ट



साउन महिनामा मात्रै भारतबाट ८० हजार केजी बटर, ८ हजार केसी चिज र १२ हजार अन्य डेरीजन्य पदार्थ आयात भएको

६ कार्तिक । पछिल्लो समय भारतबाट पुनः दूग्धजन्य पदार्थ आयात हुन थालेपछि डेरी व्यावसायी रुष्ट बनेका छन् ।
सरकारले नेपालका दुध खपत नभई खेर गएको भन्दै गत २०८० फगुन ३ गतेबाट भारतीय दुध र दुग्धजन्य पर्दाथ आयातमा प्रतिबन्ध लगाएको थियो । तर केही समयदेखि भारतले नेपालमा आउने विभिन्न सरसामानमा अप्ठ्यारो पार्न थालेपछि सरकारले दुध र दुग्धजन्य पर्दाथ आयात खोल्ने भएपछि व्यावसायी रुष्ट बनेका हुन् । मंंगलबार डेरी व्यावसायी एशोसिएसनले विज्ञप्ती प्रकाशन गरेर भारतबाट दुध आयात भए नेपाली किसानको दुध बिक्रि नहुने अवस्था आउने चेतावनी दिएका छन् ।
अहिले साउन महिनामा मात्रै भारतबाट ८० हजार केजी बटर, ८ हजार केसी चिज र १२ हजार अन्य डेरीजन्य पदार्थ आयात भएको सरकारी तथ्याङ्क उल्येख गर्दै ५० अर्ब लगानी भएको डेरी उद्योग धरासयी हुने भन्दै विज्ञप्तीमार्फत व्यावसायीले चिन्ता व्यक्त गरेका छन् । यसबाट ६ लाख पशुपालन गर्ने किसान र ५० हजार रोजगारीमा प्रत्यक्ष असर पर्ने भन्दै एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्ती प्रकाशित गरेर दुध र दुग्धजन्य पर्दाथमा पूर्ण प्रतिबन्ध लगाउन माग गरेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ११ : १७ बजे