७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


राजधानीका मन्दिरमा छायो दिपावली (तस्विरहरु)



ललितखबर
७ कार्तिक । राजधानीका मन्दिरहरु आजकल झिलिमिलि बनाइएका छन् ।


यहाँका केही मन्दिरहरु हिन्दुहरुको महान् चाड दशैंमा दुर्गा पूर्जाका अवसर पारेर बनाइएको झिलिमिलि बनाइएको थियो भने थप केही मन्दिरहरु तिहारको दिपावली नजिकिएपछि रंगीविरंगी बनाइएको छ ।
राजधानीमा मन्दिर मात्रै होइन वरपरका सडकमा पनि बत्ती राखिएको छ । मन्दिरबाट टाढा टाढासम्म झिलिमिलि बत्ती बालेपछि साँझपख भीड बढेको छ ।


राजधानीको मैतिदेवि, महालक्ष्मीस्थानलगायत मन्दिर वरपर युवा युवती राती अवेरसम्म टिकटक बनाइरहेका भेटिन्छन् । धेरै युवा युवती सेल्फी र तस्विर खिच्छन् ।
मन्दिरमा साँझ विहान दर्शन गर्ने दर्शनार्थीको पनि उत्तिकै भीड छ । मन्दिरको प्रचार र आर्कषणका लागि झिलिमिलि बत्तीले प्रचार गरेको छ ।
लेन्स : ललितखबर

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : ०२ बजे