७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


अब चलचित्र हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने



७ कात्तिक । चलचित्र हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने भएकाे छ । हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढीमा बिक्री गरेकाे पाइएमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गर्ने भएकाे हाे ।

विभागले एक विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । उक्त विज्ञप्तीमा लेखिएकाे छ,‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल भएको हो।’

साेहि क्रममा यस विषयमा सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच छलफल र अन्तरक्रिया भएको जनाइएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता प्रदान गरी बजार अनुगमन टोली परिचालन गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  २ : ३० बजे