७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अपहरणमा परेकी महिलाको चाल्नाखेलबाट उद्धार, १ जना पक्राउ



७ कात्तिक । काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएकी महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको छ । पीडितलाई सकुशल उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
बन्धक बनाउने काममा संलग्न एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । अपहरणमा संलग्न एकजना फरार छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ६ : ४८ बजे