८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार



भक्तपुर
८ कात्तिक । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ ।

बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०÷८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आज बताइन् । समीक्षा बैठक बुधबार समापन भएको हो ।

भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने डा गौतमले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ११ : २९ बजे