८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


श्रीलंकाविरुद्ध नेपाल ६–० ले विजयी, सेमिफाइनलमा भारतसँग भिड्ने



८ कात्तिक । काठमाडौंमा जारी साफ महिला च्याम्पियन्सिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालको जितमा रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी र अमिशा कार्कीले समान एक गोल गरे । खेलको आठौं मिनेटमा सविता रानामगरले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् । १२औं मिनेटमा सावित्रा भण्डारीले डिबक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो । लगत्तै १३औं मिनेटमा अमिसा कार्कीको पासमा रेखा पौडेलले गोल गर्दै नेपालले ३–० को अग्रता बनाएको थियो ।

खेलको ३६औं मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४-० गोलको अग्रता दिलाइन् । खेलको ४७औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै नेपाललाई ५–० को अग्रता दिलाइन् । इन्ज्युरी समयमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई ६-० को जित दिलाइन् ।
योसँगै नेपालले फाइनल प्रवेशका लागि भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ७ : ५४ बजे