२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट गोरखा जाँदै गरेको माइक्रोबस दुर्घटना, ११ जना घाइते



९ कात्तिक । धादिङ थाक्रे गाउँपालिका–६, नौकिलामा काठमाडौंबाट गोरखा जाँदै गरेको माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा परेर माइक्रोमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

शुक्रबार (आज) दिउँसो बागमती प्रदेश ०१ ०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान (ईभी) आफैँ अनियन्त्रित भई सडकबाट १५÷२० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

दुर्घटनामा घाइते हुनेमा चालक दोलखा, गौरीशंकर गाउँपालिका–३ बस्ने वर्ष ३० को गंगाबहादुर बस्नेत (टाउको र हातमा चोट, अवस्था सामान्य) रहेका छन्।

यस्तै, माइक्रोमा सवार रामेछाप घर भई भक्तपुर, चागुनारायण नगरपालिका–१ बस्ने वर्ष ७० की केदारकुमारी श्रेण्ठ (कम्मरमा चोट, सामान्य), सोही स्थानका ४२ वर्षकी राधिका कटुवाल (करङमा चोट, अवस्था सामान्य), सोही स्थानका ४२ वर्षका कुमार कटुवाल (ढाड र छातीमा चोट, मध्यम), १२ वर्षका विवस कटुवाल (मुख, शरीर अन्य भागमा चोट, अवस्था सामान्य) रहेको धादिङ प्रहरीले जनाएको छ।

यस्तै, १५ वर्षका सुरज श्रेष्ठ (शरीरको विभिन्न भागमा चोट, अवस्था सामान्य), १६ वर्षकी विनिता कटुवाल (बाहिरी चोट नभएको, अवस्था सामान्य), सोही स्थानका ३९ वर्षकी संगीता श्रेष्ठ (निधार र कम्मरमा चोट, अवस्था सामान्य), ४० वर्षकी नारनबहादुर श्रेष्ठ (टाउको र दाहिने हात तथा शरीरको विभिन्न भागमा चोट, मध्यम) रहेका छन्।

सोही स्थानका १० वर्षका सुदीप श्रेष्ठ (दाहिने खुट्टा कम्मरमा चोट, (अवस्था सामान्य) र ४५ वर्षको नारायण दास श्रेष्ठ (निधार ढाड र टाउकोमा चोट, बोल्न सक्ने, मध्यम) रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।