१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कोटेश्वरको गेष्ट हाउसमा सानागाँउका युवक मृत फेला



१० कार्तिक । राजधानीको कोटेश्वरको एक गेष्ट हाउसमा र शनिबार ललितपुरको सानागाँउका युवक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वर आकाशेपुल नजिक रहेको ओल्ड दरवार गेष्ट
हाउसमा उनी फेला परेका हुन् ।
मृत युवक धनुषा जनकपुर उपमहानगरपालिका–८ घर भई ललितपुर सानो गाउँ बस्ने ४५ वर्षीय शम्भु ठाकुर रहेको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ६ : ४९ बजे