११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रानीवनबाट पेस्तोलसहित समातिए सेनाका सिपाही



११ कात्तिक । नेपाली सेनाका एक सिपाही अवैध पेस्तोलसहित पक्राउ परेका छन् । शनिबार साढे ९ बजे काठमाडौंको नागार्जुन नगरपालिका–१०, रानीवनबाट प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल बरामद गरेको हो । खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  २ : ४६ बजे