४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खु खोलामा उद्धारमा ढिलाइ भएकोबारे प्रहरी प्रधान कार्यालयको छानबिन



११ कात्तिक । ललितपुर महानगरपालिका–१३ स्थित नख्खु खोलाबाट विपद्मा परेकाहरूको उद्धारमा ढिलाइ भएकोबारे प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । असोज ११ र १२ मा अविरल वर्षासँगै नख्खु खोलामा आएको बाढीका कारण जस्ताको टहरोको छतमा उभिएर लामो समय गुहार माग्दा पनि दुई जना बेपत्ता भएका छन् । खोलाले टहरो ढालेपछि बगेका ३ जनालाई काभ्रे घर भएका चणिकलाल तामाङले उद्धार गरेका हुन् । रौतहटको वृन्दावन घर भएका ४३ वर्षीय राजु शाह, ६ वर्षीया छोरा मेघना शाह, उनकै अर्की छोरी सेतु शाहलाई र भाइ राज शाहलाई खोलाले बगाएको थियो ।
गुहार माग्दामाग्दै बगेका देवराज कार्की र सेतु शाह बेपत्ता छन् । खोलाले बगाएको मध्ये दुई जना बेपत्ता छन् । उनीहरू ललितपुर महानगर–१३ दिव्यनगरस्थित कान्तिपुर कोलोनी नजिकै ईश्वरी केसीको जग्गामा टहरा बनाएर बसेका थिए ।

उनीहरुले त्यहाँ ग्रिल कारखाना सञ्चालन गरेका थिए । घट्ना छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहको नेतृत्वमा समिति गठन गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।