१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


बंगलामुखी सडकमा देखिए अनमोल, आँचल र जसितालगायत कलाकारहरु(तस्वीरहरु)



ललितखबर
१२ कार्तिक । सार्वजनिक स्थलमा कलाकारहरु विरलै हिडडुल गरिरहेका देखिन्छन् । तर सोमबार ललितपुरको बंगलामुखी सडकमा अभिनेता अनमोल केसी, अभिनेत्रीहरु जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे माग्नेबुढालगायत हिड्दै मन्दिर पसे । उनीहरु गाडी पार्क गरेर चलचित्र ‘जेरी अन टप’को शुभ मुर्हुतका लागि बंगलामुखी मन्दिर पुगेका हुन् ।


शुभ मुर्हुतको क्रममा उनीहरुले बंगलामुखीमा पुजा आराधना गरे । क्यामेरा र क्ल्यापबोर्ड पुजा गरे । अभिनेता नमोल केसीले नरिवल फोरे । शुभ मुर्हुतमा ब्राम्हणले मन्त्रोचारण गरेर कलाकारहरुलाई पुजाआजा गराएक थिए ।
कलाकारहरुले मन्दिरपरिसरमा तस्विर खिचाएका थिए । अनौपचारिक कार्यक्रममा चलचित्रबारे निर्देशक सुयोग गुरुङ,अभिनेता पल शाह, अभिनेत्री जसिता गुरुङ,आँचल शर्मा, केदार घिमिरे, विपना थापालगायतले पत्रकारहरुको प्रश्नको सामाना गरे ।


चलचित्र आजबाट छायाँकन सुरु गरिने निर्देशक गुरुङले जानकारी दिएका थिए । ५० दिनको छायांकन तालिका राखिएको चलचित्र काठमाडौं उपत्यका, लुक्ला र भारतको लद्दाखमा छायांकन गरिंदैछ । चलचित्र अनमोल केसी, जसिता गुरुङ र आचल शर्माबीच त्रिकोणात्मक प्रेमसम्बन्धमा आधारित रहेको बताइएको छ ।

  

 

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १२ : २९ बजे