१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


दोहोरो अंकले बढ्यो सेयर बजार



१२ कात्तिक । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार सेयर बजार परिसूचक २७ दशमलव ४१ अंकले बढेर २६४५ दशमलव ३६ को विन्दुमा पुगेको छ ।

आज ३०७ कम्पनीका ५८ हजार ५ सय ५२ पटकको कारोबारमा १ करोड ४ लाख १८ हजार ९ सय २६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३ दशमलव २१ अंकले बढ्दा फ्लोट इन्डेक्स १ दशमलव ९४ अंकले बढेको छ । १३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा जीवन बीमा सर्वाधिक बढेको छ । आज जानकी फाइनान्स र डोल्टी पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा नेपाल फाइनान्समा सर्वाधिक लगानीकर्ता झुम्मिएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ३ : ३८ बजे