२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं बत्तिसपुतलीको घरमा झिलिमिलि बत्ती सझाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु



काठमाडौं
१२ कात्तिक । तिहारका लागि झिलिमिलि बत्ती सझाउने क्रममा काठमाडौं बत्तिसपुतलीको घरमा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीस्थित सुर्यकुमार बरालको घरमा काम गरी बस्ने कैलाली भजनी नगरपालिका–४ घर भएका २८ वर्षीय पवन चौधरीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।
उक्त घरमा झिलिमिली बत्तिले घर सजाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।