१६ माघ २०८१, बुधबार | Wed Jan 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


पनौतीको बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्रीले गरे निरीक्षण



क्षतिका बारेमा मन्त्रीज्यूलाई पनि जानकारी छ । तत्काल बसोबासको व्यवस्थापन गर्नुपर्नेछ, यो हाम्रो समथ्र्यले भ्याउँदैन । त्यसैले राज्यले सुरक्षित रूपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक छ

धुलिखेल
१३ कात्तिक । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्रको निरीक्षण गरेका छन् ।
बाढीपहिरो गएको एक महिना बितिसक्दा पनि अझै क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बेला मन्त्री सिंहले प्रभावित क्षेत्रको निरीक्षण गरी आवश्यक जानकारी लिएका हुन् । मन्त्रीले वडा नं १२ को कार्यालयमा पुगेर नागरिकको अवस्था र भइरहेको सहयोगका बारेमा जानकारी लिएपश्चात् उपप्रधानमन्त्री सिंहले आवश्यक प्रक्रिया पूरा सहयोगका लागि जनप्रतिनिधिलाई आग्रह गरे ।
बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले जनप्रतिनिधिले विपद्मा उद्धार, राहत वितरण र व्यवस्थापनका लागि धेरै सहयोग गरेको बताए । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले यहाँको पहिलो आवश्यकता आवास भए पनि सोको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।

 

भएको घरबार बगायो, कमाइ खाने ठाउँ छैन न त छानो नै । विपद्पछि उद्धार र राहत सहयोगसँगै बाटोघाटो त बन्यो अब राज्यले अब एकीकृत आवासको व्यवस्थापन गर्न आवश्यक छ

यसो गर्नसके वस्तुभाउ पालेर जीवनयापन गर्न र विस्तारै पुरानै लयमा फर्काउन सकिने उनको भनाइ थियो । “यहाँको क्षतिका बारेमा मन्त्रीज्यूलाई पनि जानकारी छ । तत्काल बसोबासको व्यवस्थापन गर्नुपर्नेछ, यो हाम्रो समथ्र्यले भ्याउँदैन । त्यसैले राज्यले सुरक्षित रूपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक छ । सङ्घीय सरकारबाट नै यो समस्या समाधान हुन्छ । त्यसैले चाँडै आवश्यक काम गरी जनतालाई राहत मेरो आग्रह छ”, नगरप्रमुख भण्डारीले भने ।
त्यस क्रममा उहाँले मन्त्री सिंहलाई बस्ती विकास, खानेपानी र सिँचाइलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसीले सडक, विद्युत्, खानेपानीलगायतका कामलाई व्यवस्थित गर्ने काम भइरहेको बताए ।
स्थानीय राजेन्द्र केसीले घर तथा खेतबारी बगाएपछि विचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन मिलाउन आग्रह गरे । “भएको घरबार बगायो, कमाइ खाने ठाउँ छैन न त छानो नै । विपद्पछि उद्धार र राहत सहयोगसँगै बाटोघाटो त बन्यो अब राज्यले अब एकीकृत आवासको व्यवस्थापन गर्न आवश्यक छ”, उनको आग्रह थियो ।
पनौती नगरपालिकाभित्रमा करिब छ सय घरमा आंशिक क्षति भएको छ भने नगरभित्रका मुख्य मुहान रहेका खानेपानी आयोजना, करिब ७० किलोमिटर मोटरबाटोमा समेत क्षति भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ८ : ३२ बजे