१४ कात्तिक । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा नेपाललाई २-१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । योसँगै नेपाल पुन: उपविजेतामै सीमित भएको छ ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालका लागि अमिशा कार्कीले एक गोल फर्काइन् ।
प्रतिक्रिया