१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ हेरेपछि रुँदै फर्किए कलाकार



चलचित्र हेरिरहँदा मैले मेरो हजुरबुवा सक्झिए । अनि आँखाबाट आँखु आयो

ललितखबर
१५ कार्तिक । चलचित्र पूर्ण बहादुरको सारंगी हेरेपछि कलाकारहरु रुदै हलबाट फर्केका छन् ।
राजधानीको कमल पोखरीस्थित एक चलचित्र भवनमा चलचित्र हरेपछि सबै कलाकार र दर्शक भावुक रुपमा देखिए ।
अभिनेत्री अञ्जना बराइली चलचित्र हेरेपछि धेरैबेरसम्म बोल्नै सकिनन् । भावुक बनेकी अभिनेत्री केही बेर भूईमा थचक्क बसेकी थिइन् र
फर्कने क्रममा ललितखबरको प्रश्नको उत्तर दिदै अभिनेत्री बराइलीले चलचित्रको सबै कथा थाहा भए पछि चलचित्र हेर्दा आँखा रसाएको बताइन् ।
कलाकार विजय बराल आफैले खेलेको चलचित्र हेर्दा आँखामा आँशु आएको अनुभव सुनाए । उनले भने, ‘चलचित्र हेरिरहँदा मैले मेरो हजुरबुवा सक्झिए । अनि आँखाबाट आँखु आयो ।’

 

आमाले मलाई संर्घष गरेर हुर्काउनु भएको हो । चलचित्रको पात्र बाभित्र मैले आफ्नी आमा देखे । अनि निक्कै रोए

चलचित्रकी कलाकार आलिसा बास्तोलाले आफूले चलचित्र हेर्दा आफ्नो आमालाई सम्झेको बताइन् । भनिन् , ‘आमाले मलाई संर्घष गरेर हुर्काउनु भएको हो । चलचित्रको पात्र बाभित्र मैले आफ्नी आमा देखे । अनि निक्कै रोए ।’

कलाकार मुकुन भुसालले अनुभव गर्ने चलचित्र निर्माण भएको बताएका छन् । आफूले चलचित्र हेरिरहँदा ठाँउ ठाँउमा हाँसेको अनि धेरै ठाँउमा भावुब बनेको बताए ।
कलाकार न्यौपानेले चलचित्र नेपाली मौलिक कथामा आधारित रहेको कारण सबै नेपालीले हेर्नु पर्ने तर्क गरे । उनले सधै विदेशी चलचित्रबाट प्रेरित भएको आलोचना हुने गरेको सन्दर्भ उल्येख गर्दै आफ्नै माटोको चलचित्र हेर्न दर्शकलाई सुझाए ।
चलचित्र हेरेर फर्कने क्रममा दर्शकहरु समेत आँसु पुछ्र्द फर्केको देख्न सकिन्थ्यो ।
चलचित्र् ‘पूर्ण बहादुरको सारंगी’ मा विजय र प्रकाशसहित अञ्जना बराईली, मुकुन भुसाल, बुद्धि तामाङ, माओत्से गुरूङ लगायत कलाकारहरूको अभिनय छ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रले गन्दर्भ समुदायको कथमा आधारित छ।
चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् । पछिल्लो समय
चलचित्र भवनहरुमा नेपाली चलचित्रले राम्रो व्यापार गरिरहेका छन् । दशैंको छेको पारेर प्रर्दशनमा आएका चलचित्र ‘१२ गाउँ’ र ’छक्का पञ्जा ५’ ले हलहरुमा राम्रो शो पाइरहेका छन् ।

 

 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  ८ : ०१ बजे