१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भारतीय चलचित्र ‘पुष्पा २’ को पोस्टर राखेर नेपाली चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को प्रचार



ललितखबर
१५ कार्तिक । नेपाली चलचित्रका कलाकार र निर्माण पक्ष प्रचारप्रसारमा माहिर छन् । कतिपय कलाकार चलचित्र प्रर्दशननजिक आएपछि सञ्चार माध्यममा रुदै अन्र्तवार्ता दिन्छन् । कतिपय कलाकारले सम्बन्ध विच्छेददेखि विवाहसम्मको प्रचार गरेर दर्शकमाझ चलचित्र चिनाउछन् भने कतिपय चलचित्रको पोस्टर एआई प्रविधि को प्रयोग गरेर, भारतीय कमेडिनको सन्देश राखेर चलचित्र प्रसार गरेको देखिएकै हो ।
तर पछिल्लो समय भारतीय चलचित्र ‘पुष्पा २’ को पोस्टर राखेर नेपाली चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को प्रचार अघि बढाइएको छ । चलचित्र ‘पुष्पा २’को पोस्टर भर्खरै सार्वजनिक भएको ट्रेलरमा राखिएको छ । पोस्टर मात्रै होइन, अभिनेत्री श्रृष्टि श्रेष्ठले दक्षिण भारतीय अभिनेता पुष्पाको बखान गरेकी छिन् । ट्रेलरमा उनले भनेकी छिन्, ‘मलाई काले केटा मनपर्छ । साउन इण्डियन चलचित्रको कालकार छ नि पुष्पा, चामिङ त हैन तर कस्तो ह्याण्डसम छ है ।’
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एक पत्रकारले पुष्पा २ को पोस्टर चर्चित भएर प्रचारका लागि राखिएको शंका गर्र्दै प्रश्न गरिन् । निर्माता समेत रहेका निर्देशक दिपेन्द्र गौचनले चर्चाका रहेको चलचित्रको पोस्टरले ध्यान तान्ने स्वीकार गर्दै भन्छन्,‘हाम्रो चलचित्र प्रर्दशन भएको ३ हप्तापछि पुष्पा २ आउँछ । हामीले भारतीय चलचित्रभन्दा नेपाली चलचित्रलाई सपोर्ट गरौं भन्ने सन्देश दियो यो पोस्टर राखेका हौं ।’
चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ यही कार्तिक ३० गतेशाट देशभरका चलचित्र धवनहरुमा प्रर्दशन हुने भएको छ ।
च्लचित्रमा अभिनेत्री श्रृष्टि श्रेष्ठ र अभिनेता नाजिर हुसेनले अभिनय गरेका छन् ।

 

 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  १० : १३ बजे