८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चाँदीको नक्कली पैसासहित सुनचाँदी पसले पक्राउ



काठमाडौं
२१ कात्तिक । नक्कली चाँदीको पैसा बनाएर कारोबार गरेको अभियोगमा सुन पसले पक्राउ परेका छन् ।
भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित ईन्द्र ज्वेलर्स सुनचाँदी पसलका संचालक भक्तपुर नगरपालिका–७ बस्ने ३० वर्षीय सोहिल शाक्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र ५ सय दरका पैसा जस्तो देखिने चाँदीको नक्कली पैसाहरु (खोटा मुद्रा) निर्माण गरी कारोबार समेत भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको पसलबाट सेतो प्लाष्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नेपाली एक हजार दरका १ सय १३ थान र ५ सय दरका २८ थान नक्कली नोटहरू फेला पारी बरामद गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ८ : १८ बजे