१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ह्रस्व दिर्घको ट्रेलर : संवादमा समस्या



ट्रेलर हतार हतार निर्माण गरिएको बुझ्न सकिन्छ । ट्रेलरमा भारतीय कलाकार ब्रम्हानन्दमले बोकेर संवादमा प्रयोग गरिएको आवाज कृतिम लाग्छ

ललितखबर
२२ कार्तिक । लामो समयको मेहनत, ठूलो बजेट र नेपाली तथा भारतीय कलाकारहरुको अभिनय रहेको चलचित्र ह्रस्व दिर्घको ट्रेलर सार्वजनिक भएको छ ।
च्र्चित कलाकारहरुको अभिनयसँगै ठूलो मेहनतका साथ निर्माण भइरहेको यस चलचित्रको ट्रेलरमा भने समस्या देखिएको छ ।
ट्रेलर हतार हतार निर्माण गरिएको बुझ्न सकिन्छ । ट्रेलरमा भारतीय कलाकार ब्रम्हानन्दमले बोकेर संवादमा प्रयोग गरिएको आवाज कृतिम लाग्छ । चलचित्रमा डविङको क्रममा आवाज र मुखको चाल मिल्दैन ।
एकान्त जंगल अनि मन्दिर नै मन्दिरले ढाकिएको पवित्र देवधाम । जहाँ राजनीतिको र पनि छैन । तर देवधाममा हुने विभिन्न कर्तुत र डरलाग्दा गुण्डाहरुको मारकारले भरिएको चलचित्र ह्रस्व दिर्घको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले देवधामको राजनीति तिकडम प्रस्तुत गरेको ट्रेलर हेरेर बुझ्न सकिन्छ ।
देवधाम हिन्दु धर्म र संस्कृतीमा आधारित हरि र नारायणीको कथा रहेको चलचित्रमा विकृत रुप देखाइएको अनुमान गर्न सकिन्छ ।
चलचित्रमा भारतीय कलाकार प्रदिप रावत महामन्थको भूमिकामा छन् । भारतीय कलाकार सुनिल बर्मा, मोहमद वली र ब्रम्हानन्दम पनि ट्रेलरमा अटाएका छन् ।

कात्तिकको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मल्टिस्टारर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

अभिनेत्री नीता ढुंगानाको निर्माणमा तयार भएको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् ।

चलचित्रको छायाँकन भारतीय सिनेमेट्रोग्राफर कविर लालले गरेका छन् ।

चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना अधिकारी, प्रदीप राउत, ब्रम्मानन्दम, विपना थापा, सुनिल वर्मा, मोहमद वली, कविर दुहान, रेखा थापा, सरोज खनाल, संचिता लुइँटेल, किरण केसी, रविन्द्र झा, वुद्दि तामाङ, निर्मल शर्मा, विशाल पहारी, प्रशान्त ताम्राकार, गरिमा शर्मा, आदर्श मिश्र लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रमा प्रतीक पौडेल, सम्राट न्यौपाने, यश कुमार, एलिस कार्की, विशाल निरौला, वावुल गिरी, दुर्गेश थापाको संगीत छ ।

राजु तामाङको एक्सन रहेको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।