यतार्थ घटनाबाट प्रेरित यस चलचित्र कलाकार भण्डारी चरित्रमा डुव्दै विक्षिप्त बनेकी छिन्
काठमाडौं
२२ कार्तिक । चलचित्र ‘अग्नीदहन’ ट्रेलर सार्वजनिक गरिएको छ । युवतीमाथि बोक्सीको आरोपमा क्रुर यातना दिइरहेको दृश्य समेटिएको ट्रेलर विहीबार सार्वजनिक भएको हो ।
चलचित्रमा कलाकार अनुपमा भण्डारीलाई क्रुर यातना दिइरहेको दृश्य हेर्दा आँङनै सिरिङ्ग हुन्छ । यतार्थ घटनाबाट प्रेरित यस चलचित्र कलाकार भण्डारी चरित्रमा डुव्दै विक्षिप्त बनेकी छिन् ।
चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ दिएको यस चलचित्रमा प्रकास घिमिरे ‘बोक्सी अन्धविश्वास हो’ भन्दै विपक्षमा उभिएका छन् भने माओत्से गुरुङ धामीझाँक्रिको रुपमा चलचित्रमा देखिएका छन् ।
यस चलचित्रका निर्देशक घनश्याम लामिछाने रहेका छन् । चलचित्रको कलाकारहरुमा प्रकाश घिमिरेसँगै प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डा निर्मल लामिछाने, तारा बहादुर गुरुङलगायत रहेका छन् ।
राष्ट्रिय जागरण प्रतिष्ठानले निर्माण गरेको चलचित्रमा लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद रहेको छ ।
नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेका छन् ।
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको यस चलचित्र ‘अग्नीदहन’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो । चलचित्र आगामी मसिर ७ गते प्रर्दशन हुने मिती तय भएको छ ।
प्रतिक्रिया