२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य आज एकै दिन रु दुई हजार चार सयले घट्यो



काठमाडौँ
२७ कात्तिक । आज बजारमा सुनको मूल्य रु दुई हजार चार सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदी आज रु एक हजार९२५ मा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।