१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य आज एकै दिन रु दुई हजार चार सयले घट्यो



काठमाडौँ
२७ कात्तिक । आज बजारमा सुनको मूल्य रु दुई हजार चार सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदी आज रु एक हजार९२५ मा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।