२८ कार्तिक २०८१, बुधबार | Thu Nov 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कार्साङ’मा गाउँले बनेर देखिदै कलाकार जितु नेपाल



२७ कार्तिक । कलाकार जितु नेपाल गाउँले चरित्रमा देखिने तरखारमा छन् ।

चलचित्र ‘कार्साङ’मार्फत कलाकार नेपालको गाँउले भेषभुसामा प्रस्तुत हुने चलचित्रको निर्माणपक्षले आज जिुतको तस्विर अंकित पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको हो ।

हास्य कलाकारको छवि बनाएका नेपाल मुख्य भूमिकामा तेश्रो पल्ट देखिने तरखरमा छन् ।

सार्वजनिक कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका छन् । जितुले झोला घुँडामा अड्याएका छन् । हातमा कचौरो बोकेका छन् । कचौरामा जाँड रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उनी कुनै लेकाली गाउँका स्थानीय हुन् भन्ने पुष्टि हुन्छ ।

पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ लेखिएको छ । त्यसैले उनी मकै पिस्न घट्टामा गएका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । पोस्टरको यो स्टेटमेन्टले उनी कसैको प्रेममा परेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, यसबारे निर्माणपक्षले केही प्रष्ट पारेको छैन ।

यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘कार्साङ्’ पुस २६ गते प्रदर्शन हुँदैछ ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : ३३ बजे