८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मुलपानीमा गाडीले ठक्कर दिँदा घाइते बालकको उपचारका क्रममा मृत्यु



२८ कात्तिक । काठमाडाैंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी तिवारी टोलस्थित सडकमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बा. ११ च ७६०९ नम्बरको हात्ती गाडीको ठक्करबाट सोही ठाउँ बस्ने महोत्तरी गौशला नगरपालिका-१० घर भएका गणेश थापा मगरको छोरा ९ वर्षीय शिव थापा मगरको मृत्यु भएको हो ।

मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटार हुँदै ग्राण्डी अस्पताल टोखामा बुधबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।