६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं बन्यो विश्वकै छटौं प्रदूषित सहर



 

२९ कार्तिक । चिसो बढेसँगै काठमाडौंमा प्रदुषण बढ्न थालेको छ । वायु मापक आईक्यू एअरका अनुसार काठमाडौंको प्रदूषण बढेर विश्वकै छटौं प्रदूषित सहर बनेको छ । एक्यूआई मापन प्रदुषण १ सय ७० गरिएको छ ।

संसारको सबैभन्दा धेरै प्रदुषण पाकिस्तानको लाहोर रहेको छ । लाहोरको प्रदूषण मापन ७५५ मापन गरिएको छ । छिमेकी देश भारतको दिल्ली प्रदूषित सहरमा दोस्रो नम्बरमा छ । यहाँको एक्यूआई ४ सयभन्दा माथि पुगेको छ ।

प्रदुषण ज्यादा हुने संसारको तेस्रो स्थानमा भियतनामको हानोई, चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर छन् ।
हिउँदो समयमा राजधानी काठमाडौं संसारकै प्रदुषित सहर हुने गरी प्रदुषण बढ्ने गरेको छ । कचौरा आकारको काठमाडौंको खाल्टोमा धुलो र धुँवा थुप्रने गरेको छ । हावा चल्दा समेत यहाँको धुँलो धुवा उडेर जाँदैन ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १० : २८ बजे