७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


१३ अंकले बढेको शेयर बजारमा १० अर्ब माथिको कारोबार



२९ कात्तिक । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज शेयर बजार १३ दशमलव ९५ अंकले बढेर दुई हजार सात सय ४८ को विन्दुमा कायम भएको छ ।

आज १५९ कम्पनीको मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्य घटेको छ । छ कम्पनीको मूल्य स्थिर छ । योसँगै आज गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, माथिल्लो हेवाखोला जलविद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै, आज ३२१ कम्पनीको दुई करोड १६ लाख ६० हजार छ सय ३९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३२ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै ङादी ग्रुप पावरको ३१ करोड ६ लाख रुपैयाँको र समृद्धि फाइनान्सको २७ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ३ : ४६ बजे