३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ह्रस्व दीर्घ’को प्रर्दशन सुरु, न्युन शो अनि दर्शकको रुचि मध्यम 



दक्षिण भारतीय चलचित्रमा चर्चा कमाइसकेका कलाकारहरु ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्माले यस चलचित्रमा अभिनय गरेका छन्
३० कार्तिक । देशभर चलचित्र पूर्ण बहादुरको सारंगीले दर्शकको साथ पाइरहेको अवस्थामा अर्को चलचित्र ‘ह्रस्व दीर्घ’को प्रर्दशन आजबाट सुरु भएको छ । नेपाली चलचित्रकी परिचित अभिनेत्री निता अधिकारी र उनका श्रीमान् हरिहर अधिकारीले निता अधिकारी फिल्मसको व्यानरमा निर्माण गरेको चलचित्र ठूलो बजेट र भारतीय चर्चित कलाकारहरुको अभिनय रहेको छ ।
 दक्षिण भारतीय चलचित्रमा चर्चा कमाइसकेका कलाकारहरु ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्माले यस चलचित्रमा अभिनय गरेका छन् । साथै चलचित्रमा नेपाली कलाकारहरुको समेत भीडभाड छ ।
चलचित्रको मुख्य भूमिकामा अभिनेत्री नीता ढुङ्गाना र अभिनेता हरिहर अधिकारीसँगै अभिनेत्री सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, गरिमा शर्मा,प्रशान्त ताम्राकार, नरेन खड्का, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकारहरुको अभिनय छ। चलचित्रको निर्देशन चन्द्र पन्तल गरेका छन् ।
चलचित्रले देशभर १ सय ३० भन्दा धेरै हलहरुमा शो पाएको निर्माण पक्षले जानकारी दिएको छ । क्यूएफएक्स सिनेमाजले चलचित्रलाई उपत्यकामा २० सो र उपत्यकाबाहिर २५ सो गरी ४५ सो दिएको छ।
आईएनआई सिनेमाजले ८ सो र वान सिनेमाज ९ सो, एफक्यूब, बिग मुभिज, रञ्जनामा ५÷५ सो, बिएसआर मुभिजमा ४ सो र सिडिसी सिनेमाजमा तीन सो दिएका छन् ।
आजकै दिनबाट प्रर्दशन सुरु हुने घोषणा भएको चलचित्र ‘केटी हराएको सूचना’ को प्रर्दशन स्थगित भएको छ भने दक्षिण भारतीय फिल्म ‘कंगुवा’ नेपालमा प्रदर्शन नहुने भएपछि चलचित्र ‘ह्रस्व दीर्घ’को  सुखद सुरुवात हुने अनुमान गरिएको छ ।
चलचित्रको टिकट बुकिङ औसत छ । चलचित्र पूर्ण बहादुर सारंगीको दबदवा रहेको पछिल्लो परिस्थितमिा यस चलचित्रलाई दर्शकको साथ रहने अवस्था देखिएको छ । चलचित्रबारे दर्शकको सकारात्मक प्रतिकृया पाए सो थपिने सम्भावना छ ।
निर्माता र अभिनेता समेत रहेका यस चलचित्रको हरिहर अधिकारीको कथा लेखेका हुन् । चलचित्रको पटकथा तथा संवाद प्रतीक पौडेल, निर्देशक  चन्द्र पन्तले लेखेका  हुन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा नीता ढुङ्गानाको लगानीमा बनेको छ। फिल्म नेपालीसहित हिन्दी, तेलुगु भाषामा पनि प्रदर्शन हुनेछ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ९ : १२ बजे