९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आजदेखि नेपालको विद्युत बंगलादेश निर्यात शुरु



३० कात्तिक । नेपालले शुक्रबारदेखि बंगलादेशमा विद्युत निर्यात शुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको विद्युत बंगलादेश निर्यात हुन थालेको हो ।

ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् ।

शुक्रबारदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात हुन थालेको हो । यो याममा एक दिन मात्र विद्युत निर्यात हुनेछ ।

भारतीय सहयोगमा निर्माण भएको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात हुनेछ । यी भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन् ।

नेपाल, भारत र बंगलादेशबीच भएको त्रिदेशीय सम्झौता अनुुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुनेछ । तर आज निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत् निर्यात हुनेछैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात शुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : ३८ बजे