५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि



३० कात्तिक । ललितपुरमा बंगुर/सुंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि भएको छ । ललितपुर महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै चुनिखेल, नख्खु करीडोरमा बंगुर/संगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर देखा परेको जनाएको हो ।

कार्त्तिक २५ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोटबाट उक्त रोग पुष्टि भएको महानगरले जनाएको छ । बंगुररसुंगुर पालक कृषक तथा व्यवसायीहरूले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन महानगरले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।