१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


बाढीपीडितलाई सघाउन रोशी गाउँपालिकाद्वारा बजेट व्यवस्था



 

गाउँसभाको १५औँ अधिवेशनले विपद्कोषमा रु दुई करोड ८० लाख, विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको

काभ्रेपलाञ्चोक
२ मङ्सिर । रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । जाडोयाम सुरु भइसकेकाले गाउँपालिकाले तत्काल बाढीपीडितलाई सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट व्यवस्थापन गरेको हो ।

गाउँसभाको १५औँ अधिवेशनले विपद्कोषमा रु दुई करोड ८० लाख, विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिएका छन् । सहायता रकम क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने छ ।

उक्त पालिकामा बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको थियोभने चार सय ८२ घरमा पूर्ण र आठ सय ८३ घरमा आंशिक क्षति भएको थियो । यसैगरी, दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा पनि क्षति भएको थियो । बाढीले एक सय ६० खानेपानी आयोजना, एउटा पक्की पुल, छ सय ४७ विद्यालय, चार स्वास्थ्य केन्द्र, १० शय्याको अस्पताल, चिस्यान केन्द्र र औद्योगिक ग्राममा नोक्सानी भएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ८ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।