३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


फिस्लिङ दुर्घटना, महिलाको मृत्यु



३ मंसिर । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार मृत्यु हुनेमा गोरखाको गण्डकी गाउँपालिका-६ की ४५ वर्षीया सीता प्रजा रहेकी छन् ।

चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको थियो । दुर्घटनापछि स्थानीयले आधा घण्टा बाटो अवरुद्ध पारेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनबाट आएको डीएसपी ज्ञानकुमार महतोको टोलीले अवरुद्ध बाटो खुलाएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ४ : ३५ बजे