३ मंसिर । बैंकिङ कसुरमा दोषी ठहर भएका गुण्डा नाइके सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलान्चोक तेमाल गाउँपालिका–६ घर भएर काठमाडौं बस्दै आएका लामाविरुद्ध काठमाडौं जिल्ला अदालतले बिगोसहित ३० लाख जरिवाना र दुई वर्षको कैद सजाय सुनाएको थियो ।
गत वर्ष चैत २७ गते फैसला भए पनि लामा पक्राउ परेका थिएनन् । अदालतको फैसला कार्यान्वयनका लागि लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया