३ मंसिर । वैदेशिक रोजगारमा रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३९ वर्षीय मनिलकुमार लामा रहेका छन्।
लामाविरुद्ध ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरी परेको थियो। त्यसको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ गरेको हो । लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले बताएको छ।
प्रतिक्रिया