ललितपुर,चापागाँउ
मंगलबार पनि सुन–चाँदीको बजारभाउ बढेको छ । आज सुन तोलाको एक हजार एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रूपैयाँ तोकिएको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा बिनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको छ । अहिले चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।
हिजो चाँदी तोलाको एक हजार नौ सय २० रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया