१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अग्निदहन’मा बोक्सीप्रथाको बिषयबस्तु सुनेपछि प्रकाश घिमिरे खेल्न सहमत



माओत्से गुरुङले पनि फोन गरे । सामाजिक विषयमा बोक्सीप्रथाबारे चलचित्र बन्दैछ भनेपछि म काम गर्न सहमत भएँ । म आफैं पनि सामाजिक काममा चासो राख्ने भएकाले काम गर्न मन लाग्यो । पछि टिम हेर्दा त मेरा आफ्नै मान्छे रहेछन्

काठमाडौं
कलाकार प्रकाश घिमिरे नाटक र चलचित्र क्षेत्रका लागि चिनाइरहनुपर्ने नाम होइन । दर्जनौं चलचित्रमा अभिनय गरिसकेका प्रकाश यही शुक्रबारबाट प्रर्दशन हुने चलचित्र ‘अग्निदहन’मार्फत दर्शकमाझ आउँदैछन् ।
प्रकाशका अनुसार उनी ‘घामपानी’को सुटिङ गरेर फर्किएपछि मा जोडिएका हुन् । ‘सुटिङ सकेर फर्किएपछि निर्देशक घनश्याम लामिछानेजीले फोन गरेका थिए । निर्देशक लामिछानेले हामी चलचित्र बनाउँदैछौं, काम गर्नुपर्यो भने । म शिक्षक पनि भएकाले पढाउने काम पनि गर्नुपर्ने र सुटिङले गर्दा पढाउन नपाएको भनेर केही विचार गरौंला भनें’, उनले भने, ‘पछि माओत्से गुरुङले पनि फोन गरे । सामाजिक विषयमा बोक्सीप्रथाबारे चलचित्र बन्दैछ भनेपछि म काम गर्न सहमत भएँ । म आफैं पनि सामाजिक काममा चासो राख्ने भएकाले काम गर्न मन लाग्यो । पछि टिम हेर्दा त मेरा आफ्नै मान्छे रहेछन् ।’
प्रकाश समाजमा ‘बोक्सी’ हुँदैन भन्ने मान्यता राख्छन् । मानसिक रोगीको पहिचान नगरी उसलाई ‘बोक्सी’ को आरोप लगाउने गरिएको प्रकाशको बुझाई छ । ‘मानसिक रोगलाई चिन्न नसकेर ‘बोक्सी’ अथवा अरु नै नाम राखिन्छ । पहिला पहिला डाक्टर र धामीझाक्रीले कोही मान्छे बिरामी भयो भने झारफुक गर्दा वा उपचार गर्दा उसको रोग चिन्न सकेनन् । रोग नचिनेपछि ‘बोक्सी’ भन्न थाले’, उनले भने ।
प्रकाश हरेक कुरामा वैज्ञानिक कुरा जोडिएको बताउँछन् । ‘पहिला पहिला महिलालाई मानसिक रोग हुँदा धामीझाक्री र डाक्टरकहाँ लैजान्थे । ती महिलालाई मानसिक रोग लागेको छ भनेर कसैले भन्न सक्दैन थिए । अनि के भन्ने त भन्दा ‘बोक्सी’ शब्द प्रयोग गरे’ प्रकाश भन्छन्, ‘खासमा महिलामा ‘बोक्सी’ समस्या होइन, उनीहरुमा मानसिक रोग देखिएको हो । धामीझाक्री र डाक्टरले के बिरामी हो भन्ने कुरा भन्न जानेनन् ।’
‘बोक्सी’को आरोप लागेका मानिसको मानसिक रोगको उपचार गर्नुपर्ने समयमा उनीहरुलाई अनेक यातना दिइनु गलत रहेको प्रकाशको बुझाई छ । ‘रोगको पहिचान गर्न नसक्नु नै हाम्रो कमजोरी हो,’ उनी भन्छन् ।

 

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।