१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


नमोबुद्धका बाढीपहिरोपीडितलाई युनिसेफद्वारा सहयोग



काभ्रेपलाञ्चोक
संयु्क्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले नमोबुद्ध नगरपालिकाका आठ सय ४५ बाढीपहिरोपीडितलाई सहयोग गरेको छ ।

पीडित परिवारलाई हस्तान्तरण गर्नेगरी युनिसेफले मेयर कुन्साङ लामालाई रु एक करोड ५० लाख ४० हजार पाँच सय मङ्गलबार हस्तान्तरण गरेको हो । सोही दिन नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस अकुङ्गाले नगरको वडा नम्बर ६ का पीडितलाई सहायता रकम प्रदान गरेका छन् । उक्त वडाका ५९ परिवारले सहायता रकम पाएका छन् ।

नगरमा चार सय ५३ प्रतिपरिवारलाई रु १५ हजार तथा तीन सय ९२ परिवारलाई रु २० हजार सहायता रकम प्रदान गरिनेछ । अकुङ्गाले विपद्बाट सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएकाले सहायता रकम प्रदान गरिएको बताएका छन् ।

सो संस्थाले निकट भविष्यमा मण्डनदेउपुर नगरका बाढीपहिरोपीडितलाई पनि आर्थिक सहयोग गर्ने जनाएको छ । युनिसेफले यसअघि बेथानचोक गाउँपालिकाका दुई वडाका दुई सय ६९ परिवारलाई आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।