काठमाडौं
गएको तीन दिनमा सुनको मूल्यमा प्रतितोला ३ हजार महँगो भएको छ । आज सुन १ लाख ६३ हजार रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । गतसोमबार सुन १ लाख ६१ हजार, मंगलबार १ लाख ६२ हजार १ सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ मात्रै घटेको छ । मंगलबार १९५५ रुपैयाँ रहेको चाँदी आज १९५० रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया