६ मंसिर । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दिनदेखि लगातार घटिरहेको छ। यस क्रममा उपत्यकाको न्यूनतम तापक्रमले आज (बिहीबार) पनि रेकर्ड तोडेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे जारी गरेको तापक्रम विवरणअनुसार काठमाडौँ उपत्यकाकोे न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको हो। यो काठमाडौँ उपत्यकाका लागि यस वर्षको आजसम्मकै कम न्यूनतम तापक्रम हो।
यसअघि हिजो मंसिर ५ गते उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने अघिल्लो दिन मंसिर ४ गते ९.९ डिग्री सेल्सियस थियो। यसैगरी मंसिर ३ गते उपत्यकाको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस थियो। त्यसयता उपत्यकाको न्यूनतम तापक्रम लगातार घटिरहेको हो।
प्रतिक्रिया