७ मंसिर । ललितपुर भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सरोज लिम्बूका परिवारले शव बुझेका छन् । मेडिसिटीमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा लिम्बूको मंसिर १ गते मृत्यु भएको थियो ।
अस्पतालको लापरबाहीले गर्दा सरोजको मृत्यु भएको भन्दै परिवार र आफन्तले शव बुझ्न मानेका थिएनन् । बिहीबार साँझ दुई पक्षबिच वार्ता भएपछि परिवारले शव बुझेका हुन् ।
प्रतिक्रिया