५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ले ३ सातामै कमायो झन्डै ४० करोड



७ मंसिर । विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले ४० करोड हाराहारीमा व्यापार गरेको छ। यस फिल्मले प्रदर्शनको तीन सातासम्म नेपालभर ३९ करोड ७४ लाख ग्रस कलेक्सन गरेको हो।

वितरण कम्पनी ब्यांकेस इन्टरटेनमेन्टले बुधबारसम्मको कमाइबारे जानकारी गराएको हो। बिहीबार पनि सोहरू हाउसफुल उत्साहजनक व्यापार गरेको देखिन्छ।

यस फिल्मले सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड बनाइसकेको छ। एकैदिन धेरै कमाउने फिल्मसहित अत्याधिक सो पाउने फिल्मको रेकर्ड पनि कायम गरिसकेको छ।

घरेलु बक्सअफिससहित फिल्मले अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वक देशमा राम्रो कमाइ गरिरहेको छ। यस फिल्ममा विजय बरालसहित अञ्जना बराइली, प्रकाश सपुत, देशभक्त खनाल, अलिशा बास्कोटा, बुद्धि तामाङ, मुकुन भुसाल, भोलाराज सापकोटाको पनि अभिनय छ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ११ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।